ई-आर्थिक, काठमाडौं । लगातार दुई दिनसम्म घटेको सुनको मूल्य बिहीबार पुनः वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको छ।
यो साता आइतबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको थियो भने सोमबार स्थिर रहेको थियो। त्यसपछि मंगलबार मूल्य १ हजार ४ सय रुपैयाँले घटेको थियो।
बुधबार पनि घट्ने क्रम जारी रहँदै ११ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको मूल्य पनि बिहीबार बढेको छ। महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदी प्रति तोला २० रुपैयाँले महँगिँदै ३ हजार १० रुपैयाँ निर्धारण गरिएको छ।
बुधबार चाँदीको कारोबार मूल्य २ हजार ९ सय ९० रुपैयाँ प्रति तोला रहेको थियो।