ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई प्रवक्तामा तोकिको छ।
राष्ट्र बैंकले कार्यकारी निर्देशक पाैडेललाई बुधबारदेखि लागु हुने गरी बैंककाे प्रवक्ता ताेकेकाे हो ।
पौडेलको प्रवक्ता पदमा नियुक्ति २०८२ कात्तिक १९ गतेदेखि लागू हुनेगरी गरिएको हो।
वि.सं. २०५९ सालमा नेपाल राष्ट्र बैंकमा सेवामा प्रवेश गर्नुभएका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतका विभिन्न जिम्मेवारी सम्हाल्दै महत्वपूर्ण अनुभव हासिल गरेका छन् । हाल उनी मानव संशाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।
पौडेलको कार्यालय फोन: ०१–५७१९६४१ / ४२ / ४३ / ४४ (एक्सटेन्सन नं. १२१०) मोबाइल: ९७६७९८३२३२ मा सम्पर्क नम्बर रहेको छ ।
नेपाल राष्ट्र बैंकले पौडेलको अनुभव र दक्षताले बैंकको सञ्चार तथा सार्वजनिक सम्पर्क कार्यलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ।