काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार प्रति तोला सात सय रूपैयाँले सस्तो बनेको सुन सोमबार स्थिर रहदा आज मंगलबार फेरि एक हजार चार सय रूपैयाँले सस्तो भएको हो ।
विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। यस साताको सुरुमा घट्न थालेको सुनको मूल्य मंगलबार थप घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ।
यसअघि आइतबार र सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला ३ हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४५ रूपैयाँले घटेर ३ हजार १५ रूपैयाँमा झरेको महासंघले जनाएको छ।