२०८३ साउन १२ मंगलबार

१० करोडको गहना चोरी प्रकरण : पाँच पक्राउ, दुईले ‘आंशिक‘ आरोप स्वीकारे

ई आर्थिक    आइतबार, कार्तिक १६ २०८२
2.6K
Shares
१० करोडको गहना चोरी प्रकरण : पाँच पक्राउ, दुईले ‘आंशिक‘ आरोप स्वीकारे

काठमाडौं । पेरिसको लुभ्र गहना चोरी घटनामा थप दुई सन्दिग्ध पक्राउ परेपछि शनिवार अभियोग लगाइएको छ। दुई हप्ता अघि पेरिस संग्रहालयबाट १० करोड डलरको शाही गहना चोरी भएको थियो। चोरी भएका गहनाहरू अझै फेला पार्न सकिएको छैन।

शनिवार अभियोजकको विज्ञप्तिमा बुधवार पक्राउ परेका पाँचमध्ये दुईलाई अभियोग लगाइएको उल्लेख छ। ३७ वर्षीय पुरुषलाई संगठित चोरी र आपराधिक षड्यन्त्रको आरोप छ, जो चार सदस्यीय टोलीको हिस्सा मानिन्छ। फ्रान्सेली मिडियाका अनुसार ३८ वर्षीया महिलालाई शनिवार षड्यन्त्र र चोरीमा संलग्न भएको आरोप लगाइएको छ।

उनलाई अदालतसमक्ष पेस गरिएको थियो। ती महिला हाललाई हिरासतमा रहने जनाइएको छ। नाम अझै सार्वजनिक नगरिएको ती महिलालाई यसै हप्ता अन्य चार जनासँगै पक्राउ गरिएको थियो।

टोलीका अन्य दुई पुरुषलाई एक हप्ता अघि पक्राउ गरिएको थियो, उनीहरूमाथि पनि यस्तै आरोप छ। शनिवार अभियोग लागेका दुई डिएनए र सेल फोन रेकर्डबाट फेला परेका हुन्। पक्राउ परेका तर अभियोग नलागेका तीन जनालाई रिहा गरिएको छ।

नयाँ संदिग्धहरुले संलग्नता अस्वीकार गरेका छन्। महिलाका वकिल एड्रियन सोरेन्टिनोले पत्रकारहरूलाई आरोपहरूबाट ‘निराश’ र खण्डन गरेको बताए। अभियोग लागेका एकलाई चार्ल्स डे गौल विमानस्थलबाट अल्जेरिया जाने तयारी रहेको समयमा पक्राउ गरियो।

अर्कोलाई औबरभिलियर्सको घरबाट नियन्त्रणमा लिइएको थियो। पहिलो दुईको डिएनए अपराध स्थलमा फेला परेको थियो। एक जना देश छोड्न लागेकाले समयपूर्व पक्राउ गरिएको अभियोजकले बताए।

बेकुउका अनुसार ती दुईले चोरीमा ‘आंशिक’ रूपमा संलग्न भएको बताएका छन्।

दिन दहाडै भएको चोरी विश्वभर नै चर्चित छ। चोरहरूले भर्‍याङ भएको ट्रक ताने, मर्मत कामदार जस्तो भेस्ट लगाए, बाल्कोनीबाट झ्याल फुटाएर भित्र पसे। सिसाका खोल काटेर गहना लगे। गार्डले भिडियो खिचे। उनीहरू मोटरसाइकलमा १० मिनेटमै भागे।

तर हतारमा हेलमेट, आरा, पन्जा, ग्यास क्यान, वाकी टकी र भेस्ट लिन बिर्से। घटनाले लुभ्र सुरक्षामाथि बहस हुँदैछ। निर्देशक लरेन्स डेस कार्सले एक तिहाइ मात्र भाग भिडियो निगरानीमा भएको स्वीकार गरेका छन्।

शुक्रवार संस्कृति मन्त्री रचिदा दाँतीले अनुसन्धान निष्कर्ष सार्वजनिक गरिन्, जसमा ‘विगत २० वर्षदेखि घुसपैठ र चोरी जोखिमको संरचनात्मक अवमूल्यन’ भनिएको थियो। धेरैलाई गहनाहरू फिर्ता हुने आशा छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij