२०८३ साउन १० आइतबार

चखेवा-पाँचधारे सडक स्तरोन्नतिपछि यातायात सञ्चालनमा

ई आर्थिक    बुधबार, कार्तिक १२ २०८२
3.1K
Shares
चखेवा-पाँचधारे सडक स्तरोन्नतिपछि यातायात सञ्चालनमा

भोजपुर । बर्खामा क्षतिग्रस्त भएको चखेवा-पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको छ। केही समयअघिको लगातारको वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएको सडकलाई टेम्केमैयुङ गाउँपालिकाले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो।

यहाँका दुई पर्यटकीय क्षेत्र चखेवा र पाँचधारेलाई जोड्ने यो सडक बन्द हुँदा स्थानीय र पर्यटकले आवतजावतमा समस्या भोग्दै आएका थिए।

सडकलाई मर्मतपश्चात यातायात सञ्चालनमा ल्याइएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी बताए। यो पर्यटकीय सडक मार्ग भएकाले गाउँपालिकाले प्राथमिकता साथ मर्मतको काम गरेको उनको भनाइ छ।

चखेवाबाट पाँचधारेसम्म यो सडकको लम्बाई करिब नौ किलोमिटर रहेको छ। गाउँपालिकाभित्रका अन्य सडकको पनि मर्मत भइरहेको अध्यक्ष बस्नेतले जानकारी दिए। अवरोध सडक पुनः सञ्चालनमा आएपछि सामग्री ढुवानी, व्यापार-व्यवसाय र दैनिक आवतजावतमा सहज भएको स्थानीयबासीको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij