२०८३ असोज १ बिहिबार

सुनको मूल्य लगातार घट्दै, आज कतिमा हुँदैछ कारोबार?

ई आर्थिक    बुधबार, कार्तिक १२ २०८२
2.3K
Shares
सुनको मूल्य लगातार घट्दै, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। पछिल्ला दिनमा सुनको मूल्य लगातार घट्दै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ । यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ७ सय रूपैयाँले कम हो।

यसअघि आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको थियो। सो दिन मात्र सुन प्रतितोला ११ हजार ६ सय रूपैयाँले सस्तो भएको थियो । त्यसपछि सोमबार २ हजार र मंगलबार २ हजार ९ सय रूपैयाँले घट्दै सुन अझ सस्तो बनेको थियो । मंगलबार बजारमा सुन प्रतितोला २ लाख ३७ हजार रूपैयाँमा कारोबार भएको थियो ।

सुनमा गिरावट देखिए पनि चाँदीको मूल्य भने बुधबार केहीले बढेको छ। मंगलबार प्रतितोला २ हजार ९ सय २० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ४५ रूपैयाँले बढेर प्रतितोला २ हजार ९ सय ६५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

विश्व बजारमा अमेरिकी डलर बलियो बन्दै गएको र ब्याजदर उच्च रहँदा लगानीकर्ताले सुनबाट पुँजी अन्यत्र सार्न थालेका कारण मूल्य घटेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij