२०८३ साउन ११ सोमबार

रथीमा पदोन्नति भएका श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान, बलाध्यक्षको जिम्मेवारी

ई आर्थिक    आइतबार, कार्तिक २ २०८२
4.9K
Shares
रथीमा पदोन्नति भएका श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान, बलाध्यक्षको जिम्मेवारी

काठमाडौं।  प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालय जङगी अड्डामा आइतबार आयोजित समारोहमा प्रधानसेनापतिबाट श्रेष्ठलाई रथी दर्जाको चिह्न प्रदान गरिएको हो।

पदोन्नतिसँगै श्रेष्ठलाई नेपाली सेनाको बलाध्यक्षको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार श्रेष्ठलाई गत असोज ३० गते रथी पदमा बढुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij