काठमाडौं । गत एप्रिल महिनादेखि विश्वव्यापी रूपमा नै सुनको मूल्यले दिनदिनैजसो मूल्यमा नयाँ कीर्तिमान राख्दै आएको छ। अहिले सुनको मूल्य प्रतिआउन्स ४,२०० डलर नाघिसकेको छ। नेपालमा पनि सुनको मूल्य प्रतितोला २.५ लाख रुपैयाँ पुगेको छ।
विश्वभरि देखिएको राजनीतिक र आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरू लगानीको सुरक्षित अवसरहरू खोजीमा छन्। तर के सुन साँच्चिकै लगानीको सुरक्षित उपाय हो त?
झन्डै छ महिनाअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सबै देशबाट अमेरिकामा गरिने आयातमा अतिरिक्त भन्सार ट्यारिफ लगाउने योजनाको घोषणा गरेयता विश्वबजार धरमराउन पुगेको छ।
तर विश्लेषकहरूका अनुसार लगानीकर्तालाई चिन्तित तुल्याउने अर्को मुद्दा भनेको अमेरिकामा सरकार ‘शटडाउन’ अर्थात् कारोबार बन्द भएको अवस्थामा महत्त्वपूर्ण आर्थिक तथ्याङ्कहरू सार्वजनिक नहुनु पनि हो।