ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंककले ५० रुपैयाँको ४२ करोड थान नयाँ नोट छाप्ने भएको छ । उक्त नोट छाप्न केन्द्रीय बैंकले चीनको कम्पनीलाई ठेक्का दिएको छ ।
राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिंटिङ कर्पोरेसन लाई रू. ५० दरको नोट छपाइको ठेक्का दिएको हो । बैंकले उक्त कम्पनीलाई ठेक्का दिनका लागि ‘लेटर अफ इन्टेन्ट’ (ठेक्का दिने उद्देश्यको पत्र) जारी गरेको छ।
राष्ट्र बैंकको केन्द्रीय मुद्रा विभागमार्फत सार्वजनिक खरिद प्रक्रियाअनुसार सञ्चालित बोलपत्र (IFB No. NRB/CMDIICBIG-011082/83) मा भाग लिएको उक्त चिनियाँ कम्पनीको बोलपत्र मूल्य अमेरिकी डलर 10,422,535.21 (अर्थात् झण्डै १४ अर्ब नेपाली रुपैयाँ बराबर) परेको हो।
यसैअनुसार राष्ट्र बैंकले उक्त कम्पनीको प्रस्तावलाई “सबैभन्दा कम दर र प्राविधिक रूपमा उपयुक्त” मूल्याङ्कन गर्दै ठेक्का दिन लागिएको जनाएको छ।
यो ठेक्काअन्तर्गत कम्पनीले ४२० मिलियन (४२ करोड) थान रू. ५० दरका नोटको डिजाइन, छपाइ, आपूर्ति र डेलिभरी गर्नेछ।
