२०८३ साउन ११ सोमबार

एनआईसी एशिया बैंकका ग्राहकले ‘एशियन बुद्ध होटल’मा १५ प्रतिशत छुट पाउने

ई आर्थिक    बुधबार, असोज २९ २०८२
3.6K
Shares
एनआईसी एशिया बैंकका ग्राहकले ‘एशियन बुद्ध होटल’मा १५ प्रतिशत छुट पाउने

सिद्धार्थनगर, रुपन्देही  । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब सिद्धार्थनगर, रुपन्देहीमा रहेको एशियन बुद्ध होटल मा सेवा लिँदा १५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्ने भएका छन्।

बैंक र होटलबीच भएको विशेष समझदारीअनुसार, ग्राहकहरूले होटलका विभिन्न सेवा सुविधाहरूको उपयोग गर्दा डिजिटल माध्यममार्फत भुक्तानी गरेमा सो छुट सुविधा उपभोग गर्न सकिनेछ। छुट प्राप्त गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

सम्झौता अनुसार, छुट सुविधा होटलका सबै सेवामा लागू हुनेछ, जसले ग्राहकहरूलाई थप सहज र किफायती सेवा उपलब्ध गराउने विश्वास बैंकले लिएको छ। साथै, यो सहकार्यले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै मुलुकको डिजिटल भुक्तानी प्रणालीको विस्तारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्झौता सम्पन्न भएको अवसरमा बोल्दै एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले भने, “हाम्रो लक्ष्य केवल वित्तीय सेवा प्रदान गर्नु मात्र होइन, ग्राहकको जीवनशैलीमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने किसिमका सहकार्य अघि बढाउनु हो। एशियन बुद्ध होटलसँगको साझेदारीले हामीलाई त्यो लक्ष्यमा अघि बढ्न थप प्रेरणा दिएको छ।”

एनआईसी एशिया बैंकले विगतदेखि नै डिजिटल कारोबारको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको छ, र देशभर फैलिएका शाखा तथा डिजिटल सेवा प्रयोगकर्तामार्फत नगदरहित कारोबारमा उल्लेख्य योगदान दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij