२०८३ साउन ११ सोमबार

एनआईसी एशिया बैंकका ग्राहकले अमरापुरी रिसोर्टमा १५ प्रतिशतसम्म विशेष छुट पाउने

ई आर्थिक    मंगलबार, असोज २८ २०८२
5.1K
Shares
एनआईसी एशिया बैंकका ग्राहकले  अमरापुरी रिसोर्टमा १५ प्रतिशतसम्म  विशेष छुट पाउने

ई-आर्थिक, काठमाडौं ।   एनआईसी एशिया बैंकका ग्राहकहरूले अब नवलपुरमा रहेको अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा सेवा लिँदा विशेष छुट सुविधा पाउने भएका छन्।

बैंक र अमरापुरी रिसोर्टबीच भएको सम्झौताअनुसार, एनआईसी एशिया बैंकका ग्राहकहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।

छुटको लाभ उठाउन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, वा मोबैंक (MoBank) मोबाइल एप प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, “यस सहकार्यले ग्राहकहरूलाई सहज सेवा प्रदान गर्नुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने विश्वास लिएको छ।”

एनआईसी एशिया बैंकले यसअघि पनि विभिन्न होटल, रेस्टुराँ तथा सेवाप्रदायक संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij