ई-आर्थिक, काठमाडौं । संरक्षित वन्यजन्तु सालकको खपटा र छाला जस्तो देखिने आखेटोपहार सहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार काठमाडौंको तारकेश्वर नगरपालिका–८, शिव मन्दिर चोकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ निवासी २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका–१ निवासी ३९ वर्षीय श्याम ढुंगाना रहेका छन्। उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनीहरूबाट २ किलोग्राम तौलको सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छालाजस्तो देखिने खपटा २ थान बरामद गरिएको प्रहरीले जनाएको छ। संरक्षित वन्यजन्तु सम्बन्धी ऐन अन्तर्गत यस किसिमको व्यापार तथा ओसारपसार अवैध मानिन्छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाइएको छ ।