ई-आर्थिक, वीरगंज । एनआईसी एशिया बैंकका ग्राहकले वीरगंजस्थित किरण आँखा अस्पतालमा आँखा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच भएको सहकार्य सम्झौतापछि यो सुविधा उपलब्ध गराइएको हो।
बैंकका अनुसार ग्राहकहरूले ओपीडी, डायग्नोस्टिक, सर्जरी, ब्रान्डेड तथा नन-ब्रान्डेड अप्टिकल सेवामा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नु पर्नेछ, अथवा मोबैंक (MoBank) मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी गर्नु पर्नेछ।
बैंकले यो सहकार्यले ग्राहकलाई गुणस्तरीय आँखा उपचारमा सहजता दिनुका साथै मुलुकमा डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार नगदरहित कारोबारलाई प्रोत्साहित गर्दै ग्राहकहितका यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर अघि बढाइनेछ।