ई-आर्थिक, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालैको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम थापाका अनुसार उक्त सहयोग रकम भौतिक पूर्वाधार कोषमा जम्मा गरिनेछ। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरू पुनःनिर्माण गर्न सहयोगस्वरूप यो रकम प्रदान गरिएको हो।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्सको तर्फबाट सो बराबरको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरिएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यज्योतिले प्राकृतिक विपद्, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा नियमित योगदान गर्दै आएको कम्पनीले जनाएको छ।