२०८३ साउन ११ सोमबार

बैंक तथा वित्तीय क्षेत्रहरुमा राष्ट्र बैंकले ७८ करोड लगानी गर्ने

ई आर्थिक    मंगलबार, असोज २१ २०८२
2.5K
Shares
बैंक तथा वित्तीय क्षेत्रहरुमा राष्ट्र बैंकले ७८ करोड लगानी गर्ने

ई-आर्थिक, काठमाडौं ।   नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने बजारमा ७८ करोड रुपैयाँ प्रवाह गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा  ७८  करोड करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।

केन्द्रीय बैंकले कुल रकममध्ये क वर्गको वाणिज्य बैंकमा ६२ करोड ४० लाख  रुपैयाँ लगानी गर्नेछ भने ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ११ करोड ७० लाख रुपैयाँ लगानी सूचनामा उल्लेख गरेको छ  । साथै ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ३ करोड ९० लाख निक्षेप लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।

सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले असोज  २२ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप वि.स २०२५ अक्टोबर १२ देखि २०२६ अक्टोर १२ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij