२०८३ साउन १२ मंगलबार

भैरहवाबाट अलपत्र यात्रु ल्याउन नेपाल एयरलाइन्सको विमान उड्यो

ई आर्थिक    सोमबार, असोज २० २०८२
3.1K
Shares
भैरहवाबाट अलपत्र यात्रु ल्याउन नेपाल एयरलाइन्सको विमान उड्यो

ई-आर्थिक, काठमाडौं ।  बाढी र पहिरोका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउन नेपाल वायुसेवा निगमको ‘ए ३२०’ विमान चार्टर्ड उडानमा खटिएको छ।

‘आरए १७३१’ नम्बरको विमान ८३ यात्रु लिएर काठमाडौँबाट भैरहवा पुगेको हो भने फर्कँदा १५१ यात्रु लिएर काठमाडौँ आउनेछ। यद्यपि यात्रु सङ्ख्यामा केही हेरफेर हुनसक्ने निगमले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा यो उद्धार उडान गरिएको हो।

वायुसेवा निगमले उद्धार उडानमार्फत अशक्त, बिरामी, ज्येष्ठ नागरिक तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिएको छ।

उक्त उडानमा भाडादर काठमाडौँबाट रु ५ हजार र भैरहवाबाट रु ७ हजार निर्धारण गरिएको छ।

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धकका अनुसार यात्रुको चाप अत्यधिक रहेकाले उडान थप्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij