काठमाडौं । अब मौसममा सुधार आएको भन्दै काठमाडौं, ललितपुर लगायतका जिल्लामा सोमबारदेखि सबै सरकारी तथा स्थानीय तहका कार्यालय खुल्ने भएका छन्।
अघिल्लो दुई दिन भारी वर्षाका कारण राजधानी भित्रिने मार्ग अवरुद्ध भएपछि असोज १९ र २० गते सार्वजनिक बिदा दिइएको थियो। तर, अहिले जोखिम कम भएकाले सोमबार बिहान १० बजेबाट सेवा सुचारु गर्ने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले आइतबार राति सूचना जारी गर्दै सेवाहरू पुनः सुरु हुने जानकारी दिएका हुन्। गृह मन्त्रालयले विपद् व्यवस्थापनमा संलग्न नभएका जिल्लालाई सेवा सञ्चालन गर्न अनुरोध गरेको छ।
