चितवन । चितवनस्थित मनकामना केबलकार सेवा आजदेखि तीन दिनका लागि बन्द गरिएको छ। केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनका अनुसार नियमित मर्मत–सम्भारका कारण असोज १५ देखि १७ गतेसम्म सेवा बन्द रहनेछ।
उनका अनुसार असोज १८ गतेदेखि मनकामना केबलकार पुनः नियमित रूपमा सञ्चालनमा आउनेछ।
गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामना माई मन्दिर जाने यात्रुहरूको सुविधाका लागि सञ्चालनमा रहेको मनकामना केबलकार नेपालकै पहिलो केबलकार हो। यस केबलकारमार्फत दैनिक हजारौं श्रद्धालुहरूले मनकामना माईको दर्शन गर्दै आएका छन्।
सेवा बन्द भएसँगै केबलकार प्रयोग गर्ने यात्रुहरूले वैकल्पिक व्यवस्था अपनाउनुपर्नेछ।