२०८३ साउन १० आइतबार

दशैंमा नोटको संरक्षण र डिजिटल माध्यम प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

ई आर्थिक    मंगलबार, असोज १४ २०८२
2.7K
Shares
दशैंमा नोटको संरक्षण र  डिजिटल माध्यम प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

 ई- आर्थिक, काठमाडौं ।   नेपाल राष्ट्र बैंकले दशैंको अवसरमा बैंक नोटको संरक्षण गर्न र सकभर डिजिटल माध्यमबाट दक्षिणा दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

राष्ट्र बैंकका अनुसार, टीका, जमरा र दक्षिणा दिने क्रममा नोटमा जल, चन्दन, अक्षता, अबिर जस्ता सामग्री नलगाउने र सफा-सुक्खा स्थानमा नोट राख्ने बानी बसाल्न जरुरी छ। यसले नोटको आयु बढाउन र छपाइ खर्च घटाउन मद्दत गर्छ।

सफा नोट प्रयोगले लेनदेन सहज बनाउने र स्वास्थ्यमा हुने किटाणुजन्य जोखिम पनि कम गर्ने राष्ट्र बैंकको भनाइ छ।

दशैंमा उत्सवको साथसाथै जिम्मेवार बनेर नोटको संरक्षण गरौं र डिजिटल माध्यमलाई प्राथमिकता दिऔं, भन्ने सन्देश राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij