२०८३ साउन १२ मंगलबार

अर्थ मन्त्रालयसँग सम्बन्धित ३८२१ गुनासोको समाधान, मन्त्री खनालको सक्रियता

ई आर्थिक    सोमबार, असोज १३ २०८२
2.1K
Shares
अर्थ मन्त्रालयसँग सम्बन्धित ३८२१ गुनासोको समाधान, मन्त्री खनालको सक्रियता

ई-आर्थिक, काठमाडौं ।  अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयसँग जोडिएका हजारौँ गुनासोहरू स्वयम् सम्बोधन गरेका छन्। मन्त्रालयमा कर्मचारीबाट सेवाग्राहीलाई असहज भएको वा घुस मागिएको जस्ता गुनासोहरू इमेल, एसएमएस र ह्वाट्स एपमार्फत पठाउन आग्रह गर्दै सूचना जारी गरिएको पाँच दिनभित्रै ३,८२१ वटा गुनासोहरू प्राप्त भएका थिए।

उनका अनुसार ह्वाट्स एपमार्फत २,२००, एसएमएसबाट १,५०० भन्दा धेरै र इमेलमार्फत १२१ वटा गुनासो आएका थिए। तीमध्ये अधिकांश गुनासोहरूमा जवाफ दिइसकेको र बाँकी सन्देश तथा इमेलहरूको पनि चाँडै जवाफ दिने तयारी गरिएको उनले बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत गुनासो सम्बोधनको अवस्था सार्वजनिक गर्दै मन्त्री खनालले टिकाको समयअघि नै बाँकी सबै गुनासो समाधान गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन्।

उनको सक्रियताले सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई प्रोत्साहन मिल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij