२०८३ साउन ९ शनिबार

महिलालाई रोजगारी दिने निर्यातमुखी उद्योगलाई सस्तो ब्याजमा कर्जा

ई आर्थिक    शनिबार, असोज ११ २०८२
3.4K
Shares
महिलालाई रोजगारी दिने निर्यातमुखी उद्योगलाई सस्तो ब्याजमा कर्जा

ई–आर्थिक, काठमाडौं । कम्तीमा सय महिलालाई रोजगारी दिने निर्यातमूलक उद्योगलाई न्यूनतम ब्याजदरमा कर्जा दिइने भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधार दरमा बढीमा १ प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर तोक्न सकिने व्यवस्था छ।

यस्तै, जेन-जी पुस्ताका प्रदर्शनका क्रममा असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भत्तालगायतका सुविधाका लागि आधार दरमा बढीमा ०.५० प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जा दिन सकिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij