२०८३ भाद्र ३१ बुधबार

एन आई सी एशिया बैंकका ग्राहकलाई नवलपरासीको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट उपलब्ध

ई आर्थिक    मंगलबार, असोज ७ २०८२
2.5K
Shares
एन आई सी एशिया बैंकका ग्राहकलाई नवलपरासीको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट उपलब्ध

ई-आर्थिक, काठमाडौं ।  एन आई सी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने  सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij