२०८३ साउन ११ सोमबार

संवैधानिक संकट !

ई आर्थिक    आइतबार, असोज ५ २०८२
3.9K
Shares
संवैधानिक संकट !

संविधानको धारा ७६ संसोधन नगरी प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री नियुक्त हुन सक्दैन

गोपीकृष्ण न्यौपाने

संविधान संशोधन गर्न संघीय सदनको दुई तिहाइ आवश्यक पर्ने व्यवस्था छ ।

सम्माननीय राष्ट्रपतिज्यूले प्रधानमन्त्रीको नियुक्ति गर्दा कुन धाराको प्रयोग गर्नुभएको हो  रु उल्लेख छैन । शब्दहरु हेर्दा धारा ६१ प्रयोग भएको भान हुन्छ तर धारा ६१ प्रधानमन्त्री नियुक्तिको लागि हुँदै होइन, धारा ६६ को लागि त्यो अवधिमा कुनै पनि मन्त्री परिषद्को बैठक पनि बसेको छैन र राष्ट्रपतिज्यूले अन्तरिम मन्त्री परिषद बनाउने त्यो धाराले अधिकार पनि दिएको छैन, तत्कालीन प्रधानमन्त्रीले सिफारिस गर्न त मिल्ने पनि होइन, त्यसो गरे जस्तो पनि लाग्दैन ।

अघिल्ला नजीरहरुमा धारा ७६ को व्याख्या हुंदा धारा ७६ अन्तर्गत रहेका उपधारा बमोजिमका विकल्पहरु रहुन्जेल संसद बिघटन गर्न नमिल्ने भनेर व्याख्या भएको मात्रै होइन बिघटित संसद पुनर्स्थापना गरिएको छ। वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यूले नै धारा ७६ को उपधारा १ देखि ७ सम्म पुग्दा कुनैपनि विकल्प रहुन्जेल संसद बिघटन गर्न मिल्दैन भनेर सार्वजनिक व्याख्या गर्नुभएको छ ।

जेनजीको आन्दोलनबाट सृजित आवश्यकताको सिद्वान्तको प्रयोग मान्ने हो भनेपनि संसद छदैथियो, सम्माननीय राष्ट्रपतिज्यूले संसदको संयुक्त बैठक आव्हान गरेर संविधानको धारा ७६ मा प्रतिनिधिसभाको सदस्य मात्रै प्रधानमन्त्री बन्न सक्ने व्यवस्था लाई संशोधन गराएर अरु प्रावधान मा समेत जेन जी को भावना अनुरुप संशोधन गराउनु पर्थ्यो र त्यसपछि प्रधानमन्त्रीको सिफारिस गरेर प्रतिनिधिसभाको बिघटन गर्नुपर्ने थियो ।

तर प्रक्रिया नपुर्याइ हतारमा संसद बिघटन गरियो । यसरी कानुन बमोजिमको विकल्प प्रयोग नगरेर अर्को बाटोबाट प्रधानमन्त्रीको नियुक्ति हुनु असंवैधानिक भयो भन्ने धेरै कानुन व्यवसायीहरु, संविधान विद्वहरुको धारणा रहेको पाइन्छ ।

सर्बोच्च अदालतले व्याख्या गर्दागर्दै ६ महिना व्यतित भयो र यो सरकारले चुनाव गरायो भने चै नयाँ संसद गठन हुनेछ, एउटा निकास निस्केला । होइन भने जेन जी को समेत सहमतिरसम्मतिमा यो संसद पुनर्स्थापित गरेर संविधान संसोधनको प्रक्रियामा जाने विकल्प पनि छ ।

अब के जेन जी भाइबहिनीहरुले खोजेको परिवर्तन यही हो त रु के जेन जीका टू एजेण्डाज पूरा होलान् त ?

यहाँ त व्यक्ति मात्रै परिवर्तन भए, अवस्थामा त केही परिवर्तन भएन, नहुने भयो। यी शव्दहरु तीता लाग्लान् तर यथार्थ चै यही हो है भाइबहिनीहरु !

जेन जी का नाममा विध्वंशकारीहरुले घर जलाए, देश जलाए, मान्छे जलाए, तर मेरा भाइबहिनीले के पाए ?

छोराछोरी गुमाउनेको पीडा, घरबार बिहीन भएको पीडा आखिर कसलाई सुनाउने रु जिम्मा लिने को रु दिउँसो २ बजे पछि ९ बजेसम्ममा भएका विध्वंशकारी गतिविधिको जिम्मा कसले लिने रु सिंहदरबार जलिरहदा करोडौंको महलमा राखिएका त्यति धेरै सेनाहरुले किन टुलुटुलु हेर्नुपर्ने वाध्यता बनाइयोरु जेलबाट भाग्ने र भगाउनेले सिधै आएर सर्बोच्च अदालत र अन्य अदालतका साथै एकैसाथ सहकारी ठगीका मुद्वा रहेका अदालतहरु जल्नु सायद संयोग मात्रै नहोला ।

नख्खु कारागारका कैदी भागेर गएपछि देशभरबाट कैदीहरु भागे, अहिले एक किसिमको भय छ, अब के हुने हो रु भनेर ।

माननीय रबी लामिछानेज्यूलाई जेलबाट निस्कने सल्लाह कसले दियो रु वहाँ लाई साथ दिने को को थिए, अनि पछिल्लो समय कता लुके र किन रबीको राजनीतिक यात्रा चैट पारिदिए १ यो पनि गर्भकै कुरा छ। कसैले प्रमाण गायब गर्न आगो लगाएको हो भने उ निस्किने प्रमाण सबै खरानी भए, उसैलाई बेफाइदा भयो, अब प्रमाण जुटाउदै बस ।

(आर्थिक क्षेत्रका जानकार न्यौपाने अधिवक्ता पनि हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij