२०८३ साउन ११ सोमबार

बिपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा, रातिको सवारी रोक हटाइयो

ई आर्थिक    बुधबार, असोज १ २०८२
3.2K
Shares
बिपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा, रातिको सवारी रोक हटाइयो

ई–आर्थिक, काठमाडौं । यस वर्षको मनसुन सुरु भएसँगै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको बिपी राजमार्ग अब पूर्ण रूपमा २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले मनसुनको समाप्ति चरणमा रहेको अवस्थाका साथै दसैँ, तिहार लगायतका चाडपर्वमा यात्रु तथा सवारी चापलाई मध्यनजर गर्दै राजमार्ग २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो। यात्रुहरूको सहजता र सडक सुरक्षालाई ध्यानमा राख्दै पूर्वस्वीकृत सडक सुरक्षा कार्ययोजना अनुसार उक्त निर्णय गरिएको जनाइएको छ।

गत असार पहिलो सातादेखि मनसुनजन्य जोखिमलाई मध्यनजर गर्दै राति १२ घण्टा (साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म) बिपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि नेपालथोकसम्म सवारी आवागमनमा रोक लगाइएको थियो।

सबै प्रकारका सवारीसाधनलाई लागू हुने गरी उक्त प्रतिबन्ध पटक–पटक लम्ब्याइँदै भदौ मसान्तसम्म कायम गरिएको थियो। मनसुन अवधिभर राजमार्गमा बाढी, पहिरो लगायतका घटनाको उच्च जोखिम देखिएकोले सुरक्षाका कारण यो व्यवस्था गरिएको हो।

अब राजमार्ग २४ सै घण्टा खुला रहनेछ भने सवारी चालक र यात्रुलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ। चाडपर्वमा सडकमा सवारी चाप बढ्ने भएकाले सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij