२०८३ साउन १० आइतबार

बनेपाबाट ७३० राउण्ड गोलीसहित आठजना पक्राउ

ई आर्थिक    आइतबार, भाद्र २९ २०८२
2.1K
Shares
बनेपाबाट ७३० राउण्ड गोलीसहित आठजना पक्राउ

ई-आर्थिक, काभ्रे ।  काभ्रेको बनेपा नगरपालिका–९ बाट ठूलो परिमाणमा गोली सहित आठ जना व्यक्ति पक्राउ परेका छन्। शनिबार साँझ प्रहरीले ७ सय ३० राउण्ड गोली सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये बनेपाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ, र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का रहेका छन्।

उक्त समूहलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। प्रहरीले गोली कहाँबाट आएको र किन संकलन गरिएको भन्ने विषयमा थप अनुसन्धान जारी राखेको जनाएको छ।

सुरक्षा निकायले यस घटनालाई गम्भीर रुपमा लिँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij