२०८३ साउन ११ सोमबार

सुमना श्रेष्ठले रास्वापा छाडिन्, नेतृत्वमाथि गम्भीर आरोप

ई आर्थिक    आइतबार, भाद्र २९ २०८२
4.4K
Shares
सुमना श्रेष्ठले रास्वापा छाडिन्, नेतृत्वमाथि गम्भीर आरोप

ई-आर्थिक, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य  सुमना श्रेष्ठले शनिबार पार्टी परित्याग गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा राजीनामा घोषणा गरेकी श्रेष्ठले पार्टी नेतृत्वमाथि गम्भीर आरोपहरू लगाएकी छन्।

श्रेष्ठले पार्टीभित्र गल्ती स्वीकार्ने संस्कार नरहेको, आलोचकहरूलाई दवाउने प्रयास हुने, र नेता–केन्द्रित प्रवृत्ति बढ्दै गएको आरोप लगाउँदै लेखेकी छन्, “कहिलै गल्ति नस्विकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्ध मिडिया ट्रायल गर्ने।”

उनका अनुसार, पार्टीले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि व्यक्तिलाई राख्न थालेको बेला देखि नै उनले लगातार आलोचना गर्दै आएकी थिइन्। तर नेतृत्वले त्यसलाई बेवास्ता गर्दै अझ आलोचकहरूलाई निशाना बनाएको आरोप लगाएकी छन्।

श्रेष्ठले अगाडि लेखेकी छन्, “अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। I QUIT. मैले पार्टी छोडेँ।”

पार्टीभित्रको असन्तुष्टि मात्र होइन, श्रेष्ठले अन्य पुराना दलका नेताहरूलाई पनि लक्षित गर्दै टिप्पणी गरेकी छन्। उनले लेखेकी छन्, “कांग्रेस, एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्। आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बहेराले हो। अहिले सही समय आएको छ — आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।”

श्रेष्ठले नयाँ राजनीतिक यात्रा गर्ने वा स्वतन्त्र हैसियतमा रहने भन्नेबारे खुलाइएको छैन। रास्वपाले उनको राजीनामाबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

श्रेष्ठ शिक्षा, सामाजिक न्याय र महिला अधिकारका सवालमा सक्रिय आवाज उठाउँदै आएकी सांसद हुन्। पार्टीभित्र पारदर्शिता, उत्तरदायित्व र नीतिगत बहसको पक्षमा रहँदै आएकी उनले लामो समयदेखि नेतृत्वसँग असहमति जनाउँदै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij