२०८३ साउन १० आइतबार

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : भ्रष्टाचार अन्त्य र छ महिनाभित्र चुनाव

ई आर्थिक    आइतबार, भाद्र २९ २०८२
4.1K
Shares
प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : भ्रष्टाचार अन्त्य र छ महिनाभित्र चुनाव

ई- आर्थिक, काठमाडौं ।   नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यमा आफूले नयाँ पुस्ताको अपेक्षा अनुसार काम गर्ने बताएकी छन्।

आइतबार पदभार ग्रहण गरेपछि सार्वजनिक रूपमा बोल्दै उनले आफ्नो सरकार सत्ताको रसस्वादनका लागि नभई आगामी छ महिनाभित्र निष्पक्ष निर्वाचन गराउने लक्ष्यसहित आएको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनपछि मुलुक संकटमा परेको उल्लेख गर्दै भनिन्, “जनता र सरकार दुवै विषम अवस्थामा छन्, सबै एकजुट भएर अघि बढ्न जरुरी छ।” उनले आन्दोलनका क्रममा निजी सम्पत्ति, उद्योगधन्दा र सरकारी संरचनामा भएको क्षतिको गम्भीर समीक्षा गर्दै, “अब निर्माण र पुनर्स्थापनाको अभियानमा सबै जुट्नुपर्छ” भनिन्।

उनले सिंहदरबारलगायत सरकारी कार्यालयमा भएको तोडफोडप्रति दुःख व्यक्त गर्दै त्यस्ता कार्य गर्नेहरूलाई “नेपाली भन्न लाज लाग्ने” बताइन् र दोषीहरूविरुद्ध छानबिन आवश्यक रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको साहसको प्रशंसा गर्दै सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij