२०८३ साउन १२ मंगलबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन शपथ

ई आर्थिक    शुक्रबार, भाद्र २७ २०८२
4.7K
Shares
नवनियुक्त प्रधानमन्त्री  सुशीला कार्कीले लिइन शपथ

ई- आर्थिक, काठमाडौं । नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा  राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ  ग्रहण गरेकी छिन्।

शुक्रबार राति शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपतिले संविधानको धारा ६१(४) अनुसार बाधा अड्काउ फुकाउको व्यवस्था प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। शपथसँगै अन्तरिम सरकारको नेतृत्व औपचारिक रूपमा कार्कीले सम्हालेकी हुन्।

पूर्वप्रधानन्यायाधीश कार्कीको नियुक्तिमा जेन–जी समूहको सिफारिस आधार बनेको हो। देशमा नयाँ निर्वाचनसम्मको तयारी, राजनीतिक स्थायित्व र संवैधानिक कार्यान्वयनलाई सुनिश्चित गर्न अन्तरिम सरकार गठन गरिएको जनाइएको छ।

कार्कीको मन्त्रिपरिषद्मा अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जा क्षेत्रका विज्ञ कुलमान घिसिङको सहभागिता हुने सम्भावना रहेको चर्चा छ।

शपथपछि सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुने राष्ट्रपति कार्यालयले जनाएको छ।उनलाई देशको सबै मन्त्रालयको कार्यभार दिएको छ । उनले भोलि मन्त्रीहरुको चयन गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij