ई–आर्थिक, काठमाडौं । जेन–जी आन्दोलनका कारण खण्डहर बनेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हेर्नेको घुईचो लागेको छ । काठमाडौंमा कर्फ्यु हटाएर सडकमा सर्वसाधारणको आवत जावत बढ्न थालेसँगै सो स्थानमा सर्वसाधारणको घुईचो लागेको हो ।
जलेर खण्डहर बनेको उक्त स्थान हेर्न आउनेहरुले फेसबुक लाइभ गर्ने, फोटो खिच्ने, टिक टक बनाउने जस्ता कार्य गर्दै आएका छन् । भुईभरी रहेको सिसाले काट्न सक्छ भन्ने प्रवाह नगरी भित्रैसम्म पुगेर नियाल्ने र फोटो खिच्ने गरेको पाइएको थियो ।

