२०८३ असोज ५ सोमबार

चार दलका युवा नेताहरूको भर्चुअल बैठक : जेनजीका माग पूरा गर्ने साझा निष्कर्ष

ई आर्थिक    बिहिबार, भाद्र २६ २०८२
3.9K
Shares
चार दलका युवा नेताहरूको भर्चुअल बैठक : जेनजीका माग पूरा गर्ने साझा निष्कर्ष

काठमाडौँ : प्रमुख चार राजनीतिक दलका युवा नेताहरूले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे भर्चुअल बैठक गर्दै आन्दोलनका माग पूरा गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

बिहीबार सम्पन्न भर्चुअल बैठकमा नेताहरूले वर्तमान राजनीतिक संकट समाधानका लागि सबै पक्ष संयमित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। जेनजी आन्दोलनले उठाएका मुद्दा जनभावनासँग जोडिएको भन्दै ती मागहरूप्रति गम्भीरतापूर्वक ध्यान दिनुपर्ने निष्कर्ष बैठकले निकालेको हो।

बैठकमा सहभागी युवा नेताहरूले राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्ने र पछाडि फर्किने प्रयास भए त्यसविरुद्ध प्रतिवाद गर्नुपर्ने धारणा राखेका छन्।

भर्चुअल छलफलमा विभिन्न दलका निम्न युवा नेताहरू सहभागी थिएः

  • नेपाली कांग्रेस : गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी

  • नेकपा एमाले : योगेश भट्टराई, ठाकुर गैरे, विद्या भट्टराई

  • नेकपा माओवादी केन्द्र : माधव सापकोटा, राजन दाहाल, अमनलाल मोदी

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) : सोबिता गौतम, शिशिर खनाल

युवा नेताहरूले संयुक्तरूपमा जेनजी आन्दोलनलाई दीर्घकालीन समाधानतर्फ डो-याउन दलहरूबीच संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij