२०८३ साउन ११ सोमबार

सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागे, कुन ठाउँबाट कति कैदी भागे ?

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
2.2K
Shares
सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागे, कुन ठाउँबाट कति कैदी भागे ?

ई-आर्थिक, काठमाडौं ।  राजधानीको सुन्धारास्थित केन्द्रीय कारागारबाट एकैचोटि ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन्। प्रारम्भिक जानकारीअनुसार करिब ३३ सय कैदीबन्दी विभिन्न कारागारहरूबाट भागेका छन्।

केन्द्रीय कारागार, भद्रबन्दी गृह, महिला बन्दी गृह, र अन्य क्षेत्रीय कारागारहरूमा रहेका करिब ३८ सय कैदीबन्दीमध्ये अहिले जम्मा ५ सय हाराहारीमा मात्रै बाँकी रहेका छन् ।

 पूर्वमन्त्री रायमाझीसमेत फरार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी पनि भद्रबन्दी गृहबाट फरार भएको स्रोतले जनाएको छ। उनी पुर्पक्षका लागि थुनामा राखिएका थिए।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले राति करिब १० बजे सुन्धारामा पुगेर तोडफोड गरेका थिए। त्यसपछि सुरक्षार्थ खटिएका प्रहरी टोली पछि हटेर आर्मी हेडक्वार्टर पुगेको जानकारी प्राप्त भएको छ। नेपाली सेना भने ढिलो गरेर कारागार क्षेत्रमा पुगेको थियो।

सरकारले यथाशीघ्र कारागारहरूको सुरक्षा व्यवस्था कडा बनाउने र फरार कैदीबन्दीलाई पक्राउ गर्न विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ। गृहमन्त्रालय तथा सुरक्षा निकायहरूबीच समन्वय भइरहेको जनाइएको छ।

कुन ठाउँबाट कति कैदी भागे?

सामूहिकरूपमा कैदीबन्दी फरार भएका घटनामा देशभरिका विभिन्न कारागारहरूबाट भागेका कैदीहरूको संख्याबारे प्रारम्भिक विवरण यस्तो छ:

डिल्लीबजार : १,१०० जना
कास्की : ७७३ जना
चितवन : ७०० जना
दाङ : १२४ जना
नख्खु : १,२०० जना
जुम्ला : ३६ जना
सुनसरी (झुम्का): १,५७५ जना
सोलुखुम्बु : ८६ जना
कञ्चनपुर : ४५० जना
कैलाली : ६१२ जना
जलेश्वर : ५७६ जना
गौर : २६० जना
बझाङ: ६५ जना

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij