ई-आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न क्षेत्रका सेवामा विशेष छुटको अवसर प्रदान गरेको छ। “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले स्वास्थ्य सेवा, रेष्टुरेन्ट, डेकोर, र अन्य विभिन्न क्षेत्रका संस्थाहरूसँग सम्झौता गरेको छ। यस सम्झौताका आधारमा बैंकका डेबिट वा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले ती संस्थाहरुका विभिन्न सेवामा छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरी ग्राहकलाई १०% देखि २०% सम्मको छुट दिने व्यवस्था गरेको छ। सम्झौतामा समावेश भएका संस्थाहरू र छुटहरू तल उल्लेखित छन्:
मनकामना दर्शन प्रा.लि. (कुरिनटार, चितवन) – केवलकार टिकट खरिदमा १०% छुट
समाज डेण्टल हस्पिटल प्रा.लि. (बानेश्वर, काठमाण्डौं) – एक्सरे र फार्मेसी सेवामा १५% छुट
मत्सुरी टोकियो प्रा.लि. (दरबारमार्ग, काठमाण्डौं) – खाना र पेय पदार्थमा १०% छुट
मंगलम डाईगोनोस्टीक सेन्टर (विरगंज, पर्सा) – प्याथोलोजी सेवामा १०% छुट
होटल क्वीक २० रिभर साईड (जितपुर, सिमरा) – खाना, आवास र पेय पदार्थमा ५% छुट
नाईस न्यू होम डेकोर (नयाँबजार, काठमाण्डौं) – कार्पेट र फ्लोरिङ्ग सामाग्रीमा २०% सम्म छुट
शुभ काठमाण्डौं टायर सेन्टर (ढुंगेधारा, काठमाण्डौं) – M.R.F ब्राण्डका टायरहरूमा १०% सम्म छुट
कुलेखानी भिलेज रिसोर्ट (कुलेखानी, मकवानपुर) – कोठा शुल्कमा १०% सम्म छुट
रिगल हेटौंडा रिसोर्ट प्रा.लि. (हेटौंडा–५, मकवानपुर) – खाना, आवास र पेय पदार्थमा १५% सम्म छुट
कविलास रिसोर्ट एण्ड फनपार्क (भरतपुर, चितवन) – खाना र फनपार्क शुल्कमा १५% छुट
यस सहकार्यबाट महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभ मिल्ने विश्वास बैंकले व्यक्त गरेको छ। साथै, डिजिटल युगसँग साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।
बैंकले हालै आफ्ना क्रेडिट कार्डधारकहरूको लागि एक नयाँ योजना सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गर्न सक्नेछन्। यस योजनामा ग्राहकहरूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमलाई ६ महिना देखि १२ महिना सम्मको लचिलो अवधीमा मासिक भुक्तानी गर्न सक्ने छन्।