ई–आर्थिक, काठमाडौं । भष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा स्वस्फर्त उत्रिएका नयाँ पुस्ताका यवाहरु (जेनजी) आन्दोलनकारी नयाँ बानेश्वरस्थित संसद भवन भित्रै प्रवेश गरेका छन् ।
युवाहरुको ठूलो समूहसहितको जुलुसले बानेश्वरको संसद भवनमा प्रवेशको प्रयास गरेका छन् ।

प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए ।
त्यसक्रममा प्रहरीले प्रहरीले पानीको फोहोरा, लाठी चार्ज गर्नुका साथै हवाईफायर समेत गरेको छ ।
उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । सोक्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ ।