२०८३ असोज ५ सोमबार

नेपालमा सुनको भाउ ऐतिहासिक उच्च विन्दुमा, प्रतितोला २ लाख ७ हजार ९ सय पुग्यो

ई आर्थिक    बुधबार, भाद्र १८ २०८२
2.4K
Shares
नेपालमा सुनको भाउ ऐतिहासिक उच्च विन्दुमा, प्रतितोला २ लाख ७ हजार ९ सय पुग्यो

काठमाडौँ : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेसँगै स्थानीय नेपाली बजारमा पनि सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला रू २,०७,९०० कायम गरिएको छ। यो मूल्य नेपालको इतिहासमै सबैभन्दा बढी हो।

गएको मङ्गलबार (भदौ १७) मात्र सुन रू २,०५,९०० मा कारोबार भएको थियो। आजको मूल्यले प्रतितोलामा रू २,००० को वृद्धि देखिएको छ।

चाँदीको मूल्य घट्यो

सुनको मूल्य उकालो लागे पनि चाँदीको मूल्यमा भने केही गिरावट देखिएको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रू २,४८० कायम गरिएको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा रू ५ कम हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको रिपोर्ट अनुसार, आज सुनको मूल्य प्रतिऔंस ३,५३६ अमेरिकी डलर मा कारोबार भइरहेको छ। यो मूल्यवृद्धिको प्रमुख कारण विश्वबजारमा रहेको आर्थिक अस्थिरता, मुद्रास्फीति नियन्त्रण चुनौती, तथा डलरको भाउमा आएको उतारचढाव रहेका छन्।

मूल्य वृद्धिले उपभोक्ता प्रभावित

लगातार बढ्दो सुनको मूल्यले स्थानीय उपभोक्ता, सुन व्यवसायी र गरगहना उद्योग प्रत्यक्ष प्रभावित भएका छन्। विशेषगरी विवाह वा चाडपर्वका लागि सुन किन्ने तयारीमा रहेका उपभोक्ताहरू मूल्य वृद्धिका कारण धक फुकाएर पर्खनुपर्ने अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij