२०८३ साउन १० आइतबार

१० वाणिज्य बैंकमाथि बंगलादेशी लेखापरीक्षक कम्पनीले थाल्यो ‘कर्जा गुणस्तर परीक्षण’

ई आर्थिक    सोमबार, भाद्र १६ २०८२
1.3K
Shares
१० वाणिज्य बैंकमाथि बंगलादेशी लेखापरीक्षक कम्पनीले थाल्यो ‘कर्जा गुणस्तर परीक्षण’

ई-आर्थिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले देशका ठूला १० वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण (Loan Portfolio Review) बंगलादेशको लेखापरीक्षण कम्पनी हउलादार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स लाई जिम्मा दिएको छ।

यस सम्बन्धमा गत साता नेपाल राष्ट्र बैंक र बंगलादेशी कम्पनीबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार कम्पनीले निर्धारित समयसीमाभित्र सम्पूर्ण परीक्षण कार्य सम्पन्न गर्नुपर्नेछ।

कर्जा परीक्षणका लागि करिब ६२ लाख ५४ हजार रुपैयाँ (अमेरिकी डलर २७१,६७०.०५) लागत तोकिएको छ। परीक्षणको क्रममा वाणिज्य बैंकहरूले प्रवाह गरेका ऋणहरूको वास्तविक स्थिति, असल तथा नराम्रो कर्जाको वर्गीकरण, जोखिम मूल्यांकन, र सम्पत्ति गुणस्तरको स्पष्ट र वस्तुगत रिपोर्ट तयार गरिनेछ।

राष्ट्र बैंकले कर्जा गुणस्तर परीक्षणमार्फत बैंकहरूको जोखिम व्यवस्थापनमा पारदर्शिता ल्याउने र वित्तीय प्रणालीलाई अझ स्थिर र विश्वसनीय बनाउने लक्ष्य लिएको छ।

बंगलादेशको हउलादार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सले  लोन पोर्टफोलियो रिभ्यु सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij