२०८३ साउन ११ सोमबार

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला २ लाख ५ हजार नाघ्यो

ई आर्थिक    सोमबार, भाद्र १६ २०८२
5.8K
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला २ लाख ५ हजार नाघ्यो

ई–आर्थिक, काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः ऐतिहासिक उचाइ कायम गरेको छ। सोमबार सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

गत शुक्रबार पहिलोपटक सुनको मूल्यले २ लाख नाघेको थियो। सो दिन प्रतितोला मूल्य २ लाख ६ सय रुपैयाँ पुगेको थियो भने आइतबार थप बृद्धीसँगै २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सोमबार फेरि २ हजार रुपैयाँले वृद्धि भई नयाँ कीर्तिमान कायम भएको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार २ हजार ४२५ रुपैयाँमा रहेको चाँदी आज ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४७० रुपैयाँ पुगेको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको चहलपहल र माग उच्च भएको कारणले नेपाली बजारमा पनि मूल्य उकालो लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij