थियानजिन (चीन) । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चिनियाँ क्रान्तिकारी नेता तथा पूर्वप्रधानमन्त्री चाउ एनलाई र तेङ यिङ्चाओको स्मृतिमा स्थापना गरिएको सङ्ग्रहालयको अवलोकन गरेका छन् ।
प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, प्रतिनिधिसभाका सदस्य तथा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, र नेपालका लागि चिनियाँ राजदूत छन साङ पनि सहभागी छन् ।
प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीन पुगेका हुन् ।