२०८३ साउन १० आइतबार

सूर्यकोट बचत तथा ऋण सहकारीको नाफा ७० लाख

ई आर्थिक    आइतबार, भाद्र १५ २०८२
3.5K
Shares
सूर्यकोट बचत तथा ऋण सहकारीको नाफा ७० लाख

काठमाडौ । कोटेश्वरस्थित सूर्यकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभाको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका ३२ नम्बर वडा अध्यक्ष नवराज पराजुलीले पछिल्लो समय सहकारीहरुको अवस्था कमजोर बन्दै गएकोमा सूर्यकोट बचत तथा ऋण सहकारीले नाफा कमाउन सक्नु सकारात्मक पक्ष भएको बताउनुभयो ।

उहाँले सूर्यकोटलाई अन्य सहकारीहरुले समेत अनुकरण गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता हंशराज वाग्लेले नेपालका सबै सहकारी डुबे पनि सूर्यकोटजस्ता केही सहकारीहरु उदाहरणीय बनेको बताउनुभयो । उहाँले असल नियत राखेर सञ्चालन भएका सहकारीहरु कहिल्यै घाटामा जान नसक्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष रामशरण सुवेदीले अन्य सहकारीहरु डुबेको अवस्थामा सूर्यकोट बचत तथा ऋण सहकारीले नाफा आर्जन गर्न सक्षम भएको बताउनुभयो । उहाँले हाल सहकारीको स्थिति अत्यन्तै राम्रो रहेको बताउनुभयो ।

उहाँले संस्थासँग हाल ४५४.९७ लाख रुपियाँ रहेको जानकारी गराउँदै कुल पुँजी ४५५.३६ लाख पुगेको बताउनु भयो । अध्यक्ष सुवेदीले संस्थालाई कुनै पनि आर्थिक चुनौती सामना गर्न सक्ने बताउनुभयो । अध्यक्ष सुवेदीले आर्थिक वर्ष २०८१। ०८२ मा सहकारीले ७० लाख नाफा कमाउन सफल भएको बताउनु भयो ।

अध्यक्ष सुवेदीले हालसम्म सदस्यहरु एक हजार ४८२ जना पुगेको बताउनु भयो ।

कार्यक्रममा लेखा समिति संयोजक पीताम्बर भण्डारी, कोषाध्यक्ष बालकृष्ण पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij