२०८३ साउन ११ सोमबार

खोटो बेचेर १८ लाखभन्दा बढी आम्दानी

ई आर्थिक    बिहिबार, भाद्र १२ २०८२
1.2K
Shares
खोटो बेचेर १८ लाखभन्दा बढी आम्दानी

ई-आर्थिक, दाङ।  खोटो बेचेर वन समूहले १८ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेका छन्। जिल्लाका चार समुदायिक वनले १८ लाख ३७ हजार ६ सय ५७ रूपैयाँ आम्दानी गरेका हुन्।

डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो। खोटो तार्पिन र रंग बनाउन प्रयोग गरिन्छ। यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन्।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा एक लाख ९६ हजार ७५६ किलो कम खोटो संकलन भएको छ। आव २०८०/८१ मा जिल्लाका सातवटा सामुदायिक वन समूहबाट दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो संकलन भएको थियो।

आर्थिक वर्ष २०७९/८० मा ७८ हजार किलो सल्लाको खोटो संकलन गरी बिक्री गर्दा नौ लाख ३९ हजार २७ रूपैयाँ आम्दानी भएको थियो। खोटो संकलन गर्ने सामुदायिक वन समूह घटेसँगै आय पनि घटेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij