२०८३ साउन १२ मंगलबार

 गुणस्तरहीन खाद्य उत्पादन गर्ने ४३ उद्योगविरुद्ध मुद्दा दायर

ई आर्थिक    बिहिबार, भाद्र १२ २०८२
3.1K
Shares
 गुणस्तरहीन खाद्य उत्पादन गर्ने ४३ उद्योगविरुद्ध मुद्दा दायर

ई-आर्थिक, बारा ।  गुणस्तरहीन खाद्यान्न तथा खाद्यपदार्थ उत्पादन र बिक्री गरेको अभियोगमा बारा र पर्साका ४३ वटा खाद्य उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा ती उद्योगहरूमाथि जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो। कार्यालय प्रमुख सुरेशकुमार सिंहका अनुसार, पाँच जना व्यवसायीमाथि जिल्ला अदालत बारामा र एक जना व्यवसायीमाथि जिल्ला अदालत पर्सामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ।

त्यस्तै, बाराका २६ जना र पर्साका दुई जना व्यवसायीमाथि जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा दायर गरिएको छ।

मुद्दा दायर गरिएका उद्योगमध्ये सबैभन्दा बढी २४ वटा उद्योगले तेल तथा घ्यूजन्य पदार्थ उत्पादन गरेका थिए। यस्तै, खाद्यान्न, दलहन तथा त्यसबाट बनेका वस्तुका पाँच, फलफूल तथा सागपातसम्बन्धी दुई, कन्फेक्सनरी एक, गुलियो पदार्थ उत्पादन गर्ने पाँच, दूध तथा दुग्धजन्य पदार्थका चार र दाना पदार्थ उत्पादन गर्ने दुई उद्योग रहेका छन्।

खाद्य स्वच्छता प्रवर्धनका लागि कार्यालयले आव २०८१/८२ मा ५६ वटा होटल तथा रेष्टुरेन्ट र आठवटा हाटबजार, मेला तथा महोत्सवहरूमा निरीक्षण तथा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा म्याद समाप्त भएका, लेबल विवरण नखुलेका, सडेगलेका तथा अखाद्य वस्तुहरू जफत गरिएको थियो।

कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij