२०८३ भाद्र ३० मंगलबार

हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा ‘कुलिङ सिस्टम’ जडान, श्रद्धालुहरूलाई गर्मीबाट राहत

ई आर्थिक    मंगलबार, भाद्र १० २०८२
4.9K
Shares
हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा ‘कुलिङ सिस्टम’ जडान, श्रद्धालुहरूलाई गर्मीबाट राहत

काठमाडौं : यस वर्षको हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि गर्मीबाट राहत दिन पहिलोपटक एक नौलो प्रविधिको प्रयोग गरिएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा ‘कुलिङ सिस्टम’ जडान गरेको हो, जसले पानीको मसिनो फोहोरा छरेर वातावरणलाई चिसो बनाउने काम गर्छ।

कोषले मन्दिरको पश्चिमी ढोकामा उक्त प्रणाली राखेको छ, जहाँ बिहानैदेखि हजारौं भक्तजनहरू लामो लाइनमा प्रतीक्षा गरिरहेका छन्। प्रणालीले पानीलाई बाफमा परिणत गरी वरपरको हावा शीतल बनाउने गर्दछ, जसले लाइनमा उभिएका दर्शनार्थीलाई गर्मीबाट सहजता प्रदान गर्छ।

पछिल्ला वर्षहरूमा तीजको दिन अत्यधिक गर्मीका कारण लाइनमा बसेका महिलाहरू बेहोस हुने, थकान तथा अन्य स्वास्थ्य समस्याको सामना गर्नु परेको थियो। यस्तै समस्या नदोहोरियोस् भनेर कोषले यसपटक यो नयाँ प्रविधि परीक्षणका रूपमा प्रयोगमा ल्याएको हो।

पशुपति क्षेत्र विकास कोषका अनुसार, प्रारम्भिक चरणमा प्रणालीको प्रभाव सकारात्मक देखिएको छ। यदि परीक्षण सफल भयो भने, यसलाई भविष्यका तीज तथा अन्य विशेष अवसरमा पनि निरन्तरता दिने योजना बनाइएको छ।

श्रद्धालुहरूको सुविधाका लागि प्रविधिको उपयोग गर्दै जानु सकारात्मक प्रयासको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij