२०८३ साउन ११ सोमबार

माछापुच्छ्रे क्यापिटलको छैटौं वार्षिक साधारण सभा सम्पन्न, १ करोड ४३ लाख नगद लाभांश वितरण हुने

ई आर्थिक    सोमबार, भाद्र ९ २०८२
2.3K
Shares
माछापुच्छ्रे क्यापिटलको छैटौं वार्षिक साधारण सभा सम्पन्न, १ करोड ४३ लाख नगद लाभांश वितरण हुने

ई-आर्थिक, काठमाडौं ।  माछापुच्छ्रे क्यापिटल लिमिटेडले २२ अगस्टमा  काठमाडौंको बालुवाटारस्थित प्यालेस बैंक्वेटमा आफ्नो छैटौं वार्षिक साधारण सभा (एजीएम) सम्पन्न गरेको छ।

सभाको अध्यक्षता कम्पनीका अध्यक्ष विश्वम्भर न्यौपानेले गरेका थिए। सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८१/८२ का उपलब्धिहरू, सामना गर्नुपरेका चुनौतीहरू र आगामी योजनाहरू प्रस्तुत गर्दै शेयरधनी मूल्य वृद्धिमा कम्पनीको प्रतिबद्धता व्यक्त गरे।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८१/८२ को समिक्षा प्रस्तुत गर्दै कम्पनीले हासिल गरेका उपलब्धिहरू, भोगेका चुनौतीहरू र आगामी योजनाहरूको बारेमा विवरण दिएका थिए। उनले शेयरधनी मूल्य वृद्धि र लगानीकर्ताप्रतिको प्रतिबद्धता पुनः दोहोर्‍याउँदै पारदर्शी र दीगो वित्तीय सञ्चालनमा कम्पनी दृढ रहेको बताए।

सभाले आर्थिक वर्ष २०८१/८२ को अडिटेड वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरेको छ। यस्तै, सभामा सञ्चालक समितिको निर्वाचन पनि सम्पन्न गरिएको छ। शिखर इन्स्योरेन्सको प्रतिनिधित्व गर्दै दीप प्रकाश पाण्डे सर्वसम्मत रूपमा सञ्चालक समितिमा निर्वाचित भएका छन्।

सभाबाट कम्पनीले आफ्ना शेयरधनीलाई कुल एक करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाको समापनमा अध्यक्ष न्यौपानेले शेयरधनी, नियामक निकाय, अडिटर्स, कर्मचारी र साझेदारहरूप्रति आभार प्रकट गर्दै कम्पनीको निरन्तर प्रगति र वित्तीय स्थायित्वमा विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij