ई-आर्थिक, काठमाडौं । टुनल्याण्ड ७ जी७ को सफलतापछि फोटोनले यस वर्षको नाडा २०२५ मा शक्ति, दक्षता र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन भएको आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक पिकअप ई-टुनल्याण्ड प्रस्तुत गरेको छ। यो ई-टुनल्याण्ड पिकअपमा फोटोनको विश्वसनीय मजबुती र विश्वकै अग्रणी ईभी ब्याट्री निर्माता CATL को अत्याधुनिक प्रविधि जोडिएका छन्।
विश्वकै नं.१ ब्याट्री ब्रान्ड क्याटलद्वारा द्वारा संचालित
ई-टुनल्याण्ड को केन्द्रमा तेस्रो पुस्ताको ८८ kWh CATL लिक्विड–कुल्ड लिथियम ब्याट्री रहेको छ, जुन प्रविधि आज विश्वका अग्रणी ईभी ब्रान्डहरूले प्रयोग गर्दै आएका छन्।
विश्वभर अन्य ब्याट्री कम्पनी भन्दा धेरै सङ्ख्यामा ईभी सञ्चालनमा ल्याउन सफल CATL को यो प्रविधिले उत्कृष्ट सुरक्षा, विश्वसनीयता र लामो समयसम्म चल्ने सुनिश्चितता दिन्छ। यसै विश्वस्तरीय ब्याट्री मार्फत् ई-टुनल्याण्डले ३५० किमी (WLTP) को ड्राइभिङ रेन्ज प्रदान गर्छ र ब्याट्रीमा ८ वर्ष/४,००,००० किमी र PEU/ड्राइभिङ मोटरमा उपलब्ध ५ वर्ष/२,००,००० किमीको वारेन्टीले गाडी किनेपछि पनि निश्चिन्तता दिन्छ।
नयाँ ई-टुनल्याण्ड विशेष नाडा अफर मूल्य रु. ६८,९९,००० मा उपलब्ध हुनेछ (सामान्य मूल्य रु. ६९,९९,०००)। यसले १३० kW पावर र ३५० Nm टर्क प्रदान गर्दै बलियो पर्फर्मेन्स दिन्छ। ३०% ग्रेडेबिलिटीका साथ यस पिकअपले उकालो बाटो सजिलै चढ्न सक्छ। सेगमेन्ट-बेस्ट ८८.०२ kWh क्याटल ब्याट्रीमार्फत उपलब्ध 430 किमी (NEDC) को रेन्जले यसलाई दैनिक व्यवहारदेखि लामो यात्रासम्म उपयुक्त बनाउँछ।
ई-टुनल्याण्ड सबै प्रकारका परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्न तयार छ। २०० मिमि ग्राउन्ड क्लियरेन्स र ठूला 265/65R17 टायरसहित यसले असजिला बाटोहरू सहजै पार गर्छ र स्थिर तथा आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्छ। १५२० x १५८० x ४४० मिमिको विशाल कार्गो साइजले भारी सामान ढुवानीलाई सजिलो बनाउँछ, जसले यसलाई काम र लाइफस्टाइल दुवैका लागि भरोसायुक्त साधन बनाउँछ।
शक्ति, क्षमता र आधुनिक डिजाइनको अद्वितीय मेलसहित आएको ई-टुनल्याण्डले नेपालमा इलेक्ट्रिक पिकअपको नयाँ युग सुरु गर्दैछ। वातावरणमैत्री प्रविधि, उच्च सुरक्षा र बलियो निर्माणसहित यसले ईभी बजारमा नयाँ मापदण्ड कायम गर्दै ग्राहकलाई भविष्य–उन्मुख ड्राइभिङको अनुभव दिनेछ।
एमएडब्लू वृद्धि कमर्शियल नेपालका लागि फोटोनको अधिकृत वितरक हो, जसले व्यावसायिक सवारीसाधन, यात्रुवाहक सवारीसाधन तथा न्यू इनर्जी सोलुसन्समा विशेषज्ञता हासिल गरेको छ।
गुणस्तर, दिगोपन र इनोभेसनप्रति समर्पित एमएडब्लू वृद्धि कमर्शियलले विश्वस्तरीय फोटोन उत्पादनहरूलाई आफ्नो व्यावसायिक आफ्टर सेल्स सर्भिस र देशव्यापी फैलिएको नेटवर्कसहित नेपालमा प्रस्तुत गरिरहेको छ। व्यवसायिक गतिबिधिलाई निरन्तर गतिशील बनाउन अग्रसर एमएडब्लू वृद्धि कमर्शियलले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ मानकहरू स्थापित गर्दै आइरहेको छ।