२०८३ साउन ९ शनिबार

एनआई सी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट सुविधा

ई आर्थिक    बिहिबार, भाद्र ५ २०८२
2.5K
Shares
एनआई सी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट सुविधा

ई-आर्थिक, कैलाली ।  एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले जानकारी दिए ।

यस बैंकका ग्राहक महानुभावहरुले Consultant OPD/Emergency OPD, General Bed per Day (Hospital Admit), Cabin Per Day (Hospital Admit), ICU Bed Per Day, NICU Bed Per Day, Post-Operative Room Per Day, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Surgery, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, Endoscopy, Medicine जस्ता सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने प्रमुख सूचना अधिकारी  खनियाले बताए ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij