ई-आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चाडपर्वको अवसरलाई लक्षित गर्दै विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले आकर्षक ब्याजदरमा सजिलो प्रक्रिया मार्फत गाडी कर्जा उपलब्ध गराउने घोषणा गरेको हो।
बैंकले हालको लागि गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत तोकेको छ। यो ब्याजदर बैंकको २०८२ साल भाद्र महिनाको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थप गरेर निर्धारण गरिएको हो।
दसैं, तिहार र छठजस्ता ठूला पर्वहरूलाई मध्यनजर गर्दै ल्याइएको यो योजना सीमित समयका लागि मात्र लागू हुने बैंकले जानकारी दिएको छ। योजना अन्तर्गत ग्राहकहरूले सहज किस्ताबन्दी र न्यून ब्याजदरमा नयाँ सवारी साधन खरिद गर्न सक्नेछन्।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले देशभर फैलिएका आफ्ना २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम र ६० शाखारहित बैंकिङ सेवा केन्द्रमार्फत यो योजना उपलब्ध गराउनेछ।
नयाँ गाडी किन्ने सोच बनाइरहेका ग्राहकहरूका लागि यो योजना उपयुक्त अवसर हुने विश्वास बैंकले व्यक्त गरेको छ।