२०८३ साउन १२ मंगलबार

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, मधेसमा सबैभन्दा कम

ई आर्थिक    सोमबार, भाद्र २ २०८२
2.9K
Shares
मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, मधेसमा सबैभन्दा कम

ई-आर्थिक, काठमाडौं ।   देशभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार गत वर्ष सोही समयमा ९८.४४ प्रतिशत रोपाइँ भएको थियो।

मनसुन ढिलो सक्रिय भएकाले यस वर्षको रोपाइँ गतिमा केही कमी आएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए।

प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ प्रतिशत र मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ भएको छ। त्यस्तै कर्णालीमा ९९.३४ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत र कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

देशभर करिब १३ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ भने कुल खेतीयोग्य जमिन १४ लाख हेक्टर रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

धान उत्पादनमा तराई क्षेत्र प्रमुख मानिन्छ, जहाँ कुल उत्पादनको ७० प्रतिशत धान फलाइन्छ। आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार मेट्रिकटन धान उत्पादन भएको थियो।

यस वर्ष करिब ६० लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान छ, जसबाट ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij