२०८३ साउन १० आइतबार

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीको शिष्टाचार भेट

ई आर्थिक    आइतबार, भाद्र १ २०८२
2.6K
Shares
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीको शिष्टाचार भेट

ई-आर्थिक, काठमाडौं ।  भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि मिश्री आजै काठमाडौं आइपुगेका हुन्।

प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा उनका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा नेपालका लागि भारतीय राजदूत पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij