२०८३ साउन १० आइतबार

हिमालयन लाइफ इन्स्योरेन्सले कमायो ५४ करोड ६९ लाख नाफा, १७ अर्ब बीमाशुल्क संकलन

ई आर्थिक    शुक्रबार, साउन ३० २०८२
5.6K
Shares
हिमालयन लाइफ इन्स्योरेन्सले कमायो ५४ करोड ६९ लाख नाफा, १७ अर्ब बीमाशुल्क संकलन

ई-आर्थिक, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको ६३ करोड ३८ लाख नाफासँग तुलना गर्दा यो नाफा १३.७१ प्रतिशतले घटेको हो।

यद्यपि नाफामा गिरावट देखिए पनि कम्पनीको बीमा व्यवसाय विस्तार भएको छ। अघिल्लो वर्ष संकलित १६ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्कमा यो वर्ष ६.६० प्रतिशत वृद्धि हुँदै कुल बीमाशुल्क १७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

जीवन बीमा कोष पनि उल्लेखनीय रूपमा बढ्दै ६४ अर्ब ३९ करोडबाट ७६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ, जुन १९.४८ प्रतिशतको वृद्धि हो।

यस वर्ष कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२.४३ प्रतिशतले बढी हो।

कम्पनीको कुल आम्दानी २२ अर्ब ६८ करोड रुपैयाँबाट १२ प्रतिशतले बढेर २५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च २३ अर्ब ८३ करोड रुपैयाँमा पुगेको छ, जुन ८.१२ प्रतिशतको वृद्धि हो।

अभिकर्तालाई दिइने कमिशन ५.५९ प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।

तर, कम्पनीको प्रति सेयर आम्दानी (EPS) भने ७.९० रुपैयाँबाट घटेर ५.९८ रुपैयाँमा झरेको छ। प्रति सेयर नेटवर्थ १११.२० रुपैयाँ कायम छ।

चुक्ता पूँजी १४ प्रतिशतले बढेर ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ, जसले कम्पनीको वित्तीय आधारलाई थप मजबुत बनाएको छ। कम्पनीसँग हाल ४६ करोड ५९ लाख रुपैयाँको महाविपत्ति कोष र ७० करोड २९ लाख रुपैयाँको जगेडा कोष रहेको छ।

हिमालयन लाइफले पर्याप्त मानव संसाधनको अभाव, दीर्घकालीन लगानीका सीमित अवसर र बढ्दो बजार प्रतिस्पर्धालाई मुख्य चुनौतीहरूको रूपमा औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij