२०८३ साउन ९ शनिबार

प्रभु बैंकको नाफामा ठूलो उछाल, ५ अर्ब ४४ करोड खुद मुनाफा

ई आर्थिक    बुधबार, साउन २८ २०८२
3.2K
Shares
प्रभु बैंकको नाफामा ठूलो उछाल, ५ अर्ब ४४ करोड खुद मुनाफा

ई-आर्थिक, काठमाडौं ।  प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा खुद नाफामा असामान्य वृद्धि देखिएको छ।  बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९६५ प्रतिशतले बढी हो।

पहिले सार्वजनिक गरिएको विवरणमा अघिल्लो वर्षको सोही अवधिसम्मको नाफा ४ अर्ब ४८ करोड रुपैयाँ देखाइएको थियो। तर, हालको विवरणमा यो घटेर ५१ करोड ८ लाख रुपैयाँमा सीमित गरिएको छ।

नाफामा देखिएको भिन्नता इम्पेरमेन्ट चार्जमा गरिएको संशोधनका कारण आएको हो। अघिल्लो विवरणमा इम्पेरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ रहेको उल्लेख थियो, जबकि अहिलेको संशोधित विवरणमा यो ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। यसले अघिल्लो वर्षको नाफा घटाउँदै हालको वृद्धिदरलाई कृत्रिम रूपमा उच्च देखाएको हो।

२०७९/८० को अन्त्यसम्म बैंकको प्रतिशेयर आम्दानी (EPS) २३ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ९.६ गुणा रहेको छ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij