२०८३ साउन १० आइतबार

माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाबाट ३ अर्ब युनिट विद्युत् उत्पादन

ई आर्थिक    सोमबार, साउन २६ २०८२
3.8K
Shares
माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाबाट ३ अर्ब युनिट विद्युत् उत्पादन

ई-आर्थिक, लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा सञ्चालित माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाले ३ अर्ब युनिटभन्दा बढी विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरेको छ। आयोजनाले शुक्रबार साँझसम्म ३ अर्ब किलोवाट–घण्टा (युनिट) विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोडिएको जनाएको छ।

चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोपावर कम्पनीको ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानीमा सन् २०१३ बाट निर्माण सुरु भएको उक्त आयोजनाबाट सन् २०१६ को सेप्टेम्बरमा परीक्षण उत्पादन थालिएको थियो। व्यवसायिक उत्पादन भने सन् २०१७ जनवरी १ देखि सुरु गरिएको हो।

आयोजनाको उत्पादन प्रविधि विभाग प्रमुख तोङ चियाङ्पोका अनुसार आयोजनाले वार्षिक लक्ष्यभन्दा बढी विद्युत् उत्पादन गर्दै आएको छ। सन् २०२४ मा मात्र ३७ करोड ४० लाख युनिट विद्युत् उत्पादन गरेर वार्षिक योजनाको १०७ प्रतिशत लक्ष्य पूरा गरेको छ। त्यसमध्ये ३७ करोड २० लाख युनिट विद्युत् राष्ट्रिय ग्रिडमा आपूर्ति गरिएको छ, जुन वार्षिक सम्झौता उत्पादनको ११७.१ प्रतिशत हो।

काठमाडौँ, पोखरा लगायतका क्षेत्रमा आपूर्ति हुँदै आएको यस आयोजनाको विद्युत्ले विशेषगरी सुख्खा मौसममा देखिने ऊर्जा अभाव कम गर्न सहयोग पुर्‍याउँदै आएको छ। आयोजनाका दोभाषे दयाराम दहालका अनुसार पछिल्लो आठ वर्षमा आयोजना सुरक्षा र उत्पादन दुवै पक्षमा प्रभावकारी रहेको छ।

नेपाल विद्युत् प्राधिकरणसँग सन् २०५२ मा अमेरिकी डलर प्रति युनिट ७ सेन्ट दरमा विद्युत् खरिद सम्झौता भएको आयोजनाको निर्माणमा करिब १६ अर्ब रुपैयाँ लागत लागेको निर्माण पक्षले जनाएको छ। आयोजनाले २० किलोमिटर लामो १२५ केभी प्रसारण लाइन पनि निर्माण गरेको थियो।

स्थानीय विकासमा योगदान पुर्‍याउँदै आयोजनाले तीन सय ४० मिटर लामो सुरुङ मार्ग, मस्र्याङ्दी नदीमा बेलिब्रिज, र विभिन्न स्थानमा सडक निर्माण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij